Wednesday, January 6, 2021

सर्वसत्तावादी , विरोध अनि पालन गर्नु पर्ने ६ बुँदे नियम ज्योति कुमार मुखिया

सर्वसत्तावादी , विरोध अनि पालन गर्नु पर्ने ६ बुँदे नियम
               ज्योति कुमार मुखिया

अघिल्लो लेखमा मैले मार्टिन मिसलिस्कोको सर्वसत्तावादबाट बाच्ने 15 बुँदे निर्देशिकाको नेपाली रूपान्तरण प्रस्तुत गरेको थिए। यदि तपाईंले पढ्नु भएको छैन भने यहाँ ( लिंक) पढ्न पाउनु हुनेछ।

त्यही निर्देशिकाको आधारमा हाम्रो राष्ट्रिय परिवेशलाई केलाउने हो भने धेरै ज्वलन्त उदाहरणहरु हामी देख्छौ। भारतका प्रायजसो मेनस्ट्रिम मिडिया "गोदि" मीडिया भई सकेका छन। सत्ताको कब्जामा छन। सत्ताका प्रोपागान्डा चलाउँछन्। पब्लिक ओपिनियन सत्ता पक्षकै फाइदाको निम्ति प्रसार भई रहेको छ। बाँचेका थोरै मिडिया "देश द्रोही" को संज्ञाले पुकारिन्छ। तरै पनि आशाको किरण अझ निभेको छैन। अनलाइन मिडियाले भरसक प्रयास गरिरहेको छ, सत्ता पक्षको यथार्थ चरित्र उजागर गर्न।

सत्ता पक्षलाई अप्ठेरो प्रश्न गर्ने पत्रकारहरु, एक्टिविस्तहरु कि त बेरोजगार बनेका छन या जेलबन्दि भएका छन्। प्रश्न गर्ने लेखक चाहें कलबुर्गीको हत्या होस या लेखिका/ पत्रकार गौरी लङ्केशको हत्या, सर्व विदित घटना हो। यदि तपाईं सत्ता पक्षलाई प्रश्न गर्नु हुन्छ अनि सत्ताको आलोचना गर्नुहुन्छ तपाईंलाई अर्वन नक्साल, सेकुलर, देश द्रोहीको नामले बोलाइन्छ।

कोरोना संक्रमणको कारण विद्यार्थीले नियमित पठन पाठन गर्नु पाइरहेका छैनन। त्यसैले सीबीएसईले पाठ्यक्रममा केही फेरबदल ल्यायो। अब विद्यार्थीले आगामी परीक्षाको निम्ति निम्न पाठहरू पढ्नु पर्दैन।
As part of rationalising its syllabus in view of the Covid-19 situation, the Central Board of Secondary Education (CBSE) Tuesday “completely deleted” chapters on federalism, citizenship, nationalism, and secularism from the political science curriculum of Class 11 for the academic year 2020-21.

Apart from these, sub-sections including ‘Why do we need Local Governments?’ and ‘Growth of Local Government in India’ have also been removed from the curriculum. 

के यो पहल कलिला विवेकलाई आफ्नो देश विषय जान्नु पर्ने मूलभूत ज्ञान देखि वञ्चित गर्ने षड्यन्त्र त होइन? छापामा हामीले पढेका छौ कसरी इतिहासको तोड मोड गरेर नयाँ इतिहास विद्यालयमा पढाइन्दैछ।

देश खतरामा छ देखि लिएर हिन्दु खतरामा छ प्रोपागान्डा अझ पनि खुब बिक्री हुने अभियान हुन। बंगालमा बंगलीलाई नै म बङ्गालको हुँ कि बंगलादेशको हुँ भन्ने सोचमा हाल्न सफल भई सकेको स्थिति छ अहिले। प्रोपागान्डाको शक्ति यति प्रभावशाली छ। 

गोर्खाल्याण्ड त भइहाल्छ, हामीलाई बङ्गालको सत्तामा बस्नु देऊ पहिला। अहिले गोर्खाको मानसिकतामा हाल्दै गरेको नयाँ प्रोपागान्डा। २०२४ सम्म समय दिएका छौं भाजपालाई गोर्खाल्याण्ड बनाउन। तर पहिला बंगालमा उनीहरुलाई सत्तासीन राख्नु पर्छ। त्यसैले पहाडमा कमल फुलाउनु पर्छ। डरलाग्दो प्रोपागान्डाको शिकार हुँदैछौं हामी गोर्खा पनि। ११ जात गोष्ठी पनि प्रोपागान्डा कै अर्को रूप हो। यथार्थ कसैले बताउनु चाहँदैन न त जान्नु नै चाहन्छ। कहिले सम्म सर्वसत्तावादीको बहकाउमा अनि तोड मोड गरिएको तथ्यको भरमा हामी गोर्खाले तिनीहरूलाई विश्वास गरिरहनु? झन भाजपाको विधायक, जी एन एल एफ को प्रवक्ताको कुरामा विश्वास गर्नु हो भने "हामी गोर्खाल्याण्डको एजेण्डामा नै बिक्री भएका हौं" कति कष्टप्रद विषय हो। भन्नुको अर्थ भाजपाले किनेको हो गोर्खाल्याण्डको मुद्दा। किन्ने मान्छेले अब मुद्दाको सदुपयोग पनि गर्न सक्छ दुरुपयोग पनि।

माथि उद्धृत विषय थोरै विषय हुन। यस्ता विषयको जानकारी लिनुको साथमा घोत्लनु पनि नागरिकको कर्तव्य हो। अन्य मुद्दाहरु खोज्न अनि मन्थन गर्न तपाँईलाई छोडी दिए।

मार्टिन मिसलिस्को भन्छन यदि कसैले सर्वसत्तावादी धारणा अनि सत्ताको पक्षमा खडा हुन्छन् भने तपाईं के गर्नु सक्नु हुन्छ? तपाईंको परिवेशमा सर्वसत्तावादीको चिन्हहरू देखिँदैछ भने तपाईं के गर्न सक्नु हुन्छ? 

मार्टिन निम्न ६ वटा नियम / रुल पालन गर्ने सल्लाह दिन्छन्। मार्टिनको सर्वसत्तावादीको सामना गर्न, उपयोगमा ल्याउनु पर्ने ६ रुल लाई हेरौं।

रुल १
 घटनाहरू देखि तटस्थ नरहनुहोस। अन्तमा यिनै घटनाहरू तपाईंलाई, तपाइंको परिवारलाई, तपाइँको साथीलाई पनि प्रभावित पार्ने चिन्ताको विषय बनिने छ। चिन्तित बनाउने घटनाहरूको विरोधमा आवाज उठाउनुहोस। सबैले जानोस तपाईं यो विषयमा गम्भीर हुनुहुन्छ। प्रतिरोध जनाउनुहोस।

रुल २.
तिनीहरू डर अनि अनभिज्ञता को परिवेशमा मौलाउँछ। तिनीहरूको डरलाई उदाङ्गो पार्नुहोस। तिनीहरूको तर्कमा कहाँ वितर्क अथवा त्रुटि छ देखाउनुहोस। जनचेतना जगाउनुहोस। आफ्नो वरिपरि भएकालाई यी विषय अवगत गराउनु होस। तिनीहरू तथ्य लाई तोड मोड गर्न खोज्छन। इतिहासलाई नयाँ तरिकाले लेख्न खोज्छन। तिनीहरूलाई यी सब गर्न देखि रोक्नुहोस।

रुल ३

विरोधको आन्दोलन आयोजन गर्नुहोस। नागरिक सामा ज लाई संगठित पार्नुहोस। तिनीहरू धेरै संगठित छन, तपाईंहरू पनि त्यसरी नै संगठित हुनु पर्छ। सडक भरिदिनुहोस। तपाईंको संख्या देखेर यिनीहरू पछि हट्नेछन्। तिनीहरू निर्भर गर्ने भनेको नै जनता हुन अनि तपाईं जनता हुनुहुन्छ।

रुल ४
तिनीहरूलाई विभिन्न जात गोष्ठी, "देश भक्त" "देशको दुश्मन" "लिबरल" "सेकुलर" आदि नामले विभाजन ल्याउन चाहन्छन। विभाजन रोक्न प्रयास गर्नु होस। तपाईंहरू सबै नागरिक हुनुहुन्छ। तपाईंहरू विभिन्न मत, आस्था अनि विचार भएता पनि एक राष्ट्र हुनुहुन्छ। तपाईंको विविधता लाई आफ्नो शक्ति बनाउनुहोस। एक उद्देश्य - लोकतन्त्र अनि स्वतन्त्रताको अस्तित्व जोगाउन एकबद्ध रहनुहोस।

रुल ५

हरेश नखानुहोस्। उदासीन नबन्नुहोस्। पछि देखाजाला भनेर नपर्खिनुहोस। यो यसै टेलर जान्छ भनेर आशा नगर्नुहोस। यो टलेर जाने छैन। तिनीहरू मानिसलाई म्यानिपुलेट गर्नेछन। मिडियालाई पब्लिक ओपिनियन आफ्नो तर्फ राख्न, आफ्नो वस मा राख्नेछन्। चुनाव प्रक्रियालाई आफ्नो फाइदा हुने तरिकामा नयाँ रुप दिनेछन । त्यस पछि तिनीहरू धेरै लामो समय सम्म सत्तामा रहनेछन्।

रुल ६

यदि तपाईंको क्रियाकलाप ले तिनीहरू पछि हट्दैनन् या सत्ताच्युत हुँदैनन् भने ,यति निश्चित गर्नुहोस कि आगामी चुनावमा, यदि लोकतन्त्र बाँचेको छ भने, तिनीहरूलाई नागरिकले फेरि भोट दिने छैनन। 

oooooooo

What if your neighbor, friend or family member supports the authoritarian regime?

Rule 1

Don’t look down on them, don’t patronize them, even if you know what they’re saying has no factual basis or you find it offensive. Don’t preach, ask questions. Try to understand them, where they are coming from, what their problems are and why they see solutions to them in the regime. Treat them as people, as equals. They believe what they’re saying is true and they might have valid reasons for their support.

Rule 2

Don’t get emotional, don’t get provoked into heated arguments. Fight the other side’s emotions with your calm, logical approach. The angrier they get, the calmer you should be. They’ll calm down eventually.

Rule 3

Focus on what you have in common. Do you live in the same neighborhood? Do you work in the same company or sector? The smaller the community, the easier it is. Give examples, like “we all need to get this done for all of us, if we don’t cooperate neither of us will have it”.

Rule 4

Use their language, don’t treat it as inferior or below you – don’t seem patronizing (see rule 1). If they curse, curse with them. If they approach you with humor, don’t get angry or uptight about it, reply with humor. Show them you’re actually not that different (see rule 3). As long as you communicate on two different planes, you will never meet.

Rule 5

Don’t block their news sources, don’t turn away from their leaders and authority figures. Treat them as an insight to their worldview and tactics. Use them to your advantage, to better prepare for their arguments. Whenever you don’t agree with something or detect a lie, voice it calmly, expose it with factual arguments.

Rule 6

Pinpoint the practical, negative effects of their side’s actions, ones that affect them directly. Find examples of how they, their families, children or friends will be personally impacted by their policies, or how it will affect your shared community.

Rule 7

If all else fails, don’t turn away, don’t abandon your friends and family, don’t shun your neighbors. Remember, an authoritarian wants to divide you to control you. So invite them over to your BBQ, crack open a beer, and who knows, maybe they’ll realize you’re not so different after all.

– With love, your Eastern European friends.


Game of perception - Jyoti Mukhia

Worrisome Pictures for BJP after Less Turnout in Suvendu Adhikari's Rallies in last 2 Days. Even the "Mega Rally" In Kanthi was not upto the mark according to many. Is the Wind Blowing in opposite direction?

If we look at the enthusiasm of people around Bimal Gurung, same perception is seen. BG's every move is telecast live creating a halo effect, that BG is the real leader of the hills. BG's statements are self contradictory, I don't know how masses are  digesting his dubious statements.

Can people accept his argument yhat in 2021 he will support TMC and in 2024 will support whoever supports PPS?

BG also says Mamata Banerjee will initiate the process of PPS. Mind it BG has never said PPS means Gorkhaland. Even though in his Rally we can hear the Gorkhaland slogans. That's the trick. 

Perception is being created that Mamata Banerjee is for Gorkhaland and has promised it to BG. Are people buying this narrative? The party (BJP) who has the power and numbers in the parliament to grant what Gorkhas aspire, did not buzz a bit, and Bimal Gurung was a part and parcel of that party. Can we believe what BG is talking and promising now?

The other projected perception is BG defeated TMC / Binoy Tamang in 2019 lok sabha election. Was it BG or the anger of people towards Mamata Banerjee that gave victory to BJP in 2019?  It's the anger of people against TMC govt that gave victory to BJP. 

Now is the time that false perceptions should be demolished whichever be the party. Voters should be informed and not misinformed.

मार्टिन मिसलिस्कोको सर्वसत्तावादबाट बाच्ने 15 बुँदे निर्देशिका:

मार्टिन मिसलिस्कोको सर्वसत्तावादबाट बाच्ने 15 बुँदे निर्देशिका:

 मार्टिन माइसेलेस्कि पोल्याण्डका एक पत्रकार अनि एक्टिविस्ट हुन। पोल्याण्ड मा आफ्नो अनुभवको आधारमा उनले विश्वमा नै बढिरहेको अधिनायकवाद/ सर्वसत्तावाद देखि कसरी अस्तित्व जोगाउन सकिन्छ/ सुरक्षित रहनु सकिन्छ भनी २०१७ साल मा एउटा 15 बुँदे निर्देशिका तयार पारेका छन। उनको यो निर्देशिका विश्वका कैयन राष्ट्रहरूमा प्रयोग गरिएको छ। उनको यो निर्देशिकाको नेपाली रूपान्तरण।


1. 
डर, त्रासको वातावरण सृजना अनि सत्यको तोड मोड गरेर चलाएको चुनावी अभियान मार्फत  तिनीहरू सत्तामा आउँछन्। उनीहरूको सत्तामा प्रवेश गणतान्त्रिक चुनाव प्रक्रिया द्वारा नै हुनेछ। तर सावधान! जब पनि उनीहरूको क्रिया कलाप माथि प्रश्न गरिन्छ उनीहरूको एउटै तर्क रहनेछ: हामीलाई जनताले जनादेश दिएर परिवर्तन को निम्ति पठाएका हुन।
 याद राख्नुहोस्, गणतान्त्रिक ढंगमा सत्ता हासिल गर्यो भन्दैमा उनीहरुलाई कानुनको सिमाना तोड्नु अनि गणतन्त्र कै अवहेलना गर्नु अनुमति दिइएको छैन।

2. 
तिनीहरूले तोड अनि राज गरको सिद्धान्त अपनाएर राज गर्ने छन। उनीहरूको शक्ति भनेकै एकजुटता, एक स्वर अनि एक आइडोलोजी/ विचारधारा हो। यही शक्ति तपाईहरुको पनि हुनु पर्यो। उनीहरू आफ्नो अनुयायी अथवा समर्थकहरू लाई देशभक्त भनी सम्बोधन गर्छन। तर  जो उनीहरूको समर्थक होइनन्, तिनीहरूलाई देश द्रोही, राज्यको दुश्मन, विश्वासघाती, दलाल, भ्रष्टाचारी, सत्ता हडप्न खोज्ने पुरानो विचारधाराका राजतन्त्र। उनीहरूका समर्थक मात्र "जनता", "स्वतन्त्र" जसले आफ्नो नेताको चयन गर्छन। तिनीहरूलाई तोड्ने अनि भाग भाग गर्ने मौका नदिनुहोस्।
 याद राख्नुहोस् तपाईंहरू नै एक जन कोता, एक राष्ट्र अनि एक उद्देश्यको अंग हुनुहुन्छ। प्रत्येक बिक्री नभएका मिडिया को पक्षमा आवाज उठाउनुहोस्, ब्यान गरिएका, बोल्नमा प्रतिबंध लगाइएका, काम देखि बर्खास्त गरिएका, राष्ट्रको दुश्मन भनी घोषित गरिएका प्रत्येक पत्रकारको पक्षमा आवाज उठाउनु होस। जहाँ स्वतन्त्र पत्रकारिता पाईन्दैन त्यहाँ स्वतन्त्रता को आशा धुमिल बनेको हुन्छ।

3.  
कमजोर कानून को प्रयोग अनि कहिले काही धम्क्याएर पनि मेन स्ट्रिम मिडिया लाई आफ्नो वश मा राख्छन अनि स्वतन्त्र प्रेस लाई कुजे बनाउँछन्। आलोचनात्मक मिडियालाई तिनीहरू दूर किनार गर्छन। यस्ता मिडियालाई तिनीहरू "झूटा" "फेक न्युज" जस्ता अलंकार ले नामाङ्कित गर्छन। यी मिडियालाई "राष्ट्रविरोधी" को उपमा दिइन्छ अनि जनताको विरुद्ध काम गर्ने मिडिया भनी अफवाह फैलाउँछन्।
प्रत्येक बिक्री नभएका मिडिया को पक्षमा आवाज उठाउनुहोस्, ब्यान गरिएका, बोल्नमा प्रतिबंध लगाइएका, काम देखि बर्खास्त गरिएका, राष्ट्रको दुश्मन भनी घोषित गरिएका प्रत्येक पत्रकारको पक्षमा आवाज उठाउनु होस। जहाँ स्वतन्त्र पत्रकारिता पाईन्दैन त्यहाँ स्वतन्त्रता को आशा धुमिल बनेको हुन्छ।

4. तिनीहरू अन्योलता सृजना गर्न माहिर हुन्छन्। सदैव तनाव अनि खतराको आभाष दिन्छन्। भन्छन देश खतरामा छ। यसै स्थितिको आधारमा नयाँ सत्तावादी कानुन स्थापना गर्न खोज्छन्। प्रत्येक नयाँ कानुनले तपाईं अनि मेरो नागरिक हक अनि स्वतन्त्रता पल पल खोसिएको हुन्छ। तिनीहरू भन्छन यो नयाँ कानुनले जनताको सुरक्षा गर्छ, कानुन जनताको हितको निम्ति हो।

तनावलाई होइन तर तनाव भित्र पसेर हेर्नुहोस। कृतिम खतरालाई नियाल्नु होस। फासिष्ट अनि सर्वसत्तावादी राष्ट्र भएछ भनेर झस्किनु अघि नै यस्ता कृतिम तनाव अनि खतरालाई उदाङ्गो पार्नुहोस्।

5. तिनीहरू सत्यको तोड मोड गर्छन। तथ्यको इन्कार गर्छन। मुख अघिनै ढाँट्नु निपुण हुन्छन्। सही तथ्यहरु तपाईं को मानसपटलबाट हटाउन तिनीहरू प्रयाशरत रहन्छन्। सत्य के हो जान्न खोज्ने तपाईंको चाहनालाई सुस्त पारिदिन्छन्। तपाईंको मस्तिष्कमा "पोस्ट ट्रूथ" अनि "विकल्प तथ्य" ले भर्छन। ज्ञान अनि तर्कलाई आख्यान अनि भावनाले प्रतिस्थापित गर्छन।
सदैव आलोचत्मक भएर सोच्नु होस (Critical thinking)। तथ्यहरूको जाँच गर्नुहोस। सत्य के हो देखाउनु होस। अनभिज्ञता सँग संघर्ष तथ्यले गर्नुहोस।

6. तिनीहरू उक्साउँछन त्यस पछि कृतिम स्क्यान्डल लिक गर्छन। तिनीहरू विपक्षी माथि तुच्छ आक्षेप लगाउँछन्। आक्षेप लाई बृहत आकार दिन्छन अनि आगोमा घिउ छर्कन्छन। यो केवल सत्तावादी अवधारणालाई कानुनी मुर्तता दिने छद्म योजनाको कडी हो।
मेन स्ट्रिम मिडियामा के प्रसारित भई रहेको छ, राम्ररी हेर्नुहोस अनि यथार्थ मा तिनीहरू के गर्दैछन विचार गर्नुहोस।

7. तपाईं को आक्रोस लाई हावा दिनु तिनीहरू मानिसलाई झटका दिने कानुन ल्याउने प्रस्ताव ल्याउछन। तपाईंको ध्यान अनि ऊर्जा यस्तो प्रस्ताव विरुद्ध संघर्ष मा लगाउनु हुन्छ। अब तिनीहरू तपाईंको संघर्षको फलस्वरूप पछि हट्छन्। तपाईं लाई लाग्छ तपाईं विजय बन्नु भयो। तिनीहरू अब कम ध्यान आकर्षण गर्ने कानुनलाई अगाडि ल्याउछन। यसरी बिस्तारै डेमोक्रेसीलाई भित्र भित्रै खोक्रो पार्छन्।

तपाईंको संघर्ष त्यहाँ होस जहाँ संघर्षको अत्यन्तै जरुरी छ।


8.  तिनीहरूले तपाईंको उदारवादी सोच माथि गर्ने हमलाको शिलशिलामा, हमला नारी अनि अल्पसंख्यक माथि गर्नेछन। तिनीहरूको क्रियाकलापमा देखिन्छ कि लोकतन्त्र भनेको नै बहुसंख्यकको अल्प संख्यक माथि सत्ताशिन हुनु हो। विदेशी अनि देशमा पलायन भएर बसेकाहरु तिनीहरूको निम्ति खतरा हुन भनी देखाउँछन्। नारी को सामाजिक वैधानिकता अमान्य छ। लिंगिक समानता लाई कमजोर बनाउन चाहन्छन। 

यसको अर्थ हो तिनीहरूको सत्ताको निम्ति नारी अनि अल्पसंख्यक खतरा हुन। त्यसैले यी शक्तिहरु नै तपाईंको शक्ति बनाउनुहोस।

9. तिनीहरूले न्यायपालिकालाई आफ्नो अधीनमा राख्न प्रयत्न गर्ने छन्। उच्च न्यायालय माथि आक्रमण गर्नेछन। अवैधानिक कानुन पारित गर्न अड्चन आउने सबै निकायहरु ध्वस्त पार्ने छन।

न्यायालयको स्वतन्त्रताको कुनै हालतमा पनि रक्षा गर्नुहोस।लोकतन्त्रको सुरक्षाको अन्तिम कबच नै न्यायपालिका हुन।

10. तिनीहरूले मानिसलाई एक जगहमा एकत्रित हुनु दिँदैनन्। भन्छन देश को सुरक्षाको निम्ति यसो गरिएको हो। तिनीहरू राष्ट्रमा कस्तो किसिमको रैली, कार्यक्रम गर्नु सकिन्छ, कस्तो विचारधारा राख्ने संघ संस्थाले सामुदायिक कार्यक्रम गर्न सक्छन्, त्यस माथि पनि कानुन बनाउने छन। कानुन अन्तर्गत पर्ने त्यस्ता कार्यक्रमहरू मात्र सडकमा देखिने छन्। अन्य कार्यक्रमका सहभागीहरूलाई जेल बन्दी बनाइने छन्।

एकत्रित पनि हुनु नपाइने कानुनको जमेर विरोध गर्नुहोस।

11.  तिनीहरूले जनमानसको भाषा माथि पनि अतिक्रमण गर्नेछन। मानिसको भाषाको तोड मोड गर्नेछन। नयाँ शब्दावली को प्रयोग गर्नेछन। तब सम्म ती शब्दावलीको प्रयोग गर्नेछन जब सम्म ती जनमानसको जिब्रोमा साधारण शब्द अथवा दैनिक प्रयोगको शब्द बनिँदैन। जस्तै "चोर" "झूटा" "देशको दुष्मन" को अर्थ हुन्छ विपक्ष। "देश भक्त" को अर्थ बन्छ तिनीहरूको समर्थक अनि अनुयायी। तिनीहरूले लगाउने नारा  दुई अर्थ लाग्ने नारा हुन्छ, एक अर्थले समर्थकको हौशला बढाउँछ भने अर्को अर्थले विपक्षमा आक्रोश जगाउँछ।

 इतिहास साक्षी छ,प्रत्येक सत्ता बादी, अधिनायक बादी अनि फासिष्ट सत्ता अन्तत विफल नै भएको छ। जनतालाई धन्यवाद।
जनमानस अथवा जनजिब्रो को भाषाको सही अर्थमा यदि परिवर्तन देख्नु हुँदैछ भने, सही अर्थलाई यथास्थितिमा राख्न लड्नुहोस्। शब्दको अर्थ परिवर्तन गर्नु नदिनुहोस।

12. तिनीहरूले राष्ट्रलाई चिनिने विम्वहरु/  प्रतिक माथि कब्जा गर्छन। ती राष्ट्रिय प्रतिकहरुलाई तिनीहरूको सत्तालाई सुहाउँदो बनाएर आफ्नो शक्तिको प्रदर्शन गर्छन। तिनीहरू चाहान्छन कि तपाईं आफ्नो देशको झण्डा, राष्ट्रिय गान, राष्ट्रिय चिन्हहरू बिर्सनु होस, जुन तपाईंको हो। साधारण जनताको हो।

तिनीहरूलाई यी सब कब्जा गर्न नदिनुहोस।  जति उनीहरू यी सबैलाई गलत ढंगमा देखाउँछन् त्यो भन्दा बेसी तपाईं आफ्नो विद्रोहमा यसको प्रयोग गरेर यिनीहरूको योजनालाई उदाङ्गो पार्नुहोस। राष्ट्रिय प्रतीकहरुलाई गर्व सँग प्रयोगमा ल्याउनुहोस्। यी प्रतीकहरु तपाइंको निम्ति प्रेरणाका श्रोत बनोस, साहस देओस् न कि देशमा भई रहेको निरंकुशता सितको सम्बन्ध।

13. तिनीहरू इतिहासलाई आफ्नो पक्षमा लेख्न चाहन्छन अनि आफ्नो एजेण्डालाई सहयोग पुर्याउने शिक्षा प्रणालीको प्रयोग गर्न चाहान्छन। जुन व्यक्तिले, ऐतिहासिक व्यक्ति होस या जीवित व्यक्ति, तिनीहरूको कार्यलाई सहमति दिँदैन, ती व्यक्तिहरूको छबिलाई विकृत पारी दिन्छन। मुखमा कालो मोशो पोत्नेछन। व्यक्तिको चरित्र हरण गर्छन, उसको जीवन गाथा नै अर्कै बनाई दिन्छन लाग्छ ती व्यक्ति साच्चै यस्तै थिए। तिनीहरू विद्यालयमा इतिहासको पठन लाई प्राथमिकता दिन चाहन्छन तर तिनीहरूले लेखेको इतिहास अनि दर्शन को पुस्तिका मार्फत। तिनीहरू विकार गरिएको इतिहास पढाएर, विश्व को वैकल्पिक चित्रण गरेर  नयाँ पिडीको भोटरको जमात तयार गर्छन जसले तिनीहरूको विचारधारालाई समर्थन गर्छन। 
 आफ्नो नानीहरूको शिक्षाको सुरक्षा गर्नुहोस। नानीहरूलाई सोच्नु सिकाउनु होस। नानीहरूलाई उदार मस्तिष्कको बनाउनुहोस। आफ्नो इतिहास अनि सम्पदाको संरक्षण गर्नुहोस।

14. तिनीहरूले विदेशी सहयोगी अनि गठबंधनलाई टाढो राख्नेछन्। तपाईंलाई विश्वास दिलाउनेछन कि यिनीहरू तपाईंको निम्ति उपयोगी छैनन्। तिनीहरू भन्नेछन् कि तपाइंको देशलाई महान बनाउँदा विदेशी सहयोगीहरुलाई संसारको कुनै वास्तै छैन। 
तिनीहरू आफ्नो पोपुलिस्त चुनावी प्रतिज्ञाहरु पूरा गर्ने क्रममा देशको अर्थव्यवस्थालाई नै ध्वस्त पार्छन्। तिनीहरू यो बिर्सन्छन् कि देशका जनता पनि विश्वकै एउटा अंग हो जसको विकास अनि उन्नति निर्भर गर्दछ सहयोगीतामा, साझामा अनि व्यापार वाणिज्यमा।

तिनीहरूलाई  समृद्ध बनाउने सेतुको बद्ली सुरक्षाको नाममा पर्खाल बनाउनु नदिनुहोस्।

15. तिनीहरू अन्तत चुनावी प्रक्रियालाई नै  म्यानुपुलेट गर्नेछन: खराब सिस्टम लाई सच्याउनुको नाममा, विश्वका अन्य बेहेतर चुनावी प्रक्रिया सरह बनाउनुको नाममा, चुनावलाई निष्पक्ष बनाउनुको नाममा। तिनीहरूको कुरामा विश्वास नगर्नुहोस। यदि तिनीहरूलाई परिवर्तित प्रक्रियाले फाइदा नदिने हो भने यो क्षेत्रमा काम नै गर्ने थिएनन्।

सत्तावादी शासनले चुनावी कानुनमा फेरबदल ल्याउन खोज्छ भने त्यसको विरोध गर्नुहोस्। याद राख्नुहोस यो परिवर्तन तिनीहरूलाई सत्तामा राख्ने परिवर्तन मात्र हुनेछ।

याद राख्नुहोस तपाईं इतिहासको उज्यालो पक्षमा उभिएको हुनुहुन्छ। त्यसैले निडर बन्नुहोस, मजबूत  बन्नुहोस्।

इतिहास साक्षी छ,प्रत्येक सत्ता बादी, अधिनायक बादी अनि फासिष्ट सत्ता अन्तत विफल नै भएको छ। जनतालाई धन्यवाद।