मार्टिन मिसलिस्कोको सर्वसत्तावादबाट बाच्ने 15 बुँदे निर्देशिका:
मार्टिन माइसेलेस्कि पोल्याण्डका एक पत्रकार अनि एक्टिविस्ट हुन। पोल्याण्ड मा आफ्नो अनुभवको आधारमा उनले विश्वमा नै बढिरहेको अधिनायकवाद/ सर्वसत्तावाद देखि कसरी अस्तित्व जोगाउन सकिन्छ/ सुरक्षित रहनु सकिन्छ भनी २०१७ साल मा एउटा 15 बुँदे निर्देशिका तयार पारेका छन। उनको यो निर्देशिका विश्वका कैयन राष्ट्रहरूमा प्रयोग गरिएको छ। उनको यो निर्देशिकाको नेपाली रूपान्तरण।
1.
डर, त्रासको वातावरण सृजना अनि सत्यको तोड मोड गरेर चलाएको चुनावी अभियान मार्फत तिनीहरू सत्तामा आउँछन्। उनीहरूको सत्तामा प्रवेश गणतान्त्रिक चुनाव प्रक्रिया द्वारा नै हुनेछ। तर सावधान! जब पनि उनीहरूको क्रिया कलाप माथि प्रश्न गरिन्छ उनीहरूको एउटै तर्क रहनेछ: हामीलाई जनताले जनादेश दिएर परिवर्तन को निम्ति पठाएका हुन।
याद राख्नुहोस्, गणतान्त्रिक ढंगमा सत्ता हासिल गर्यो भन्दैमा उनीहरुलाई कानुनको सिमाना तोड्नु अनि गणतन्त्र कै अवहेलना गर्नु अनुमति दिइएको छैन।
2.
तिनीहरूले तोड अनि राज गरको सिद्धान्त अपनाएर राज गर्ने छन। उनीहरूको शक्ति भनेकै एकजुटता, एक स्वर अनि एक आइडोलोजी/ विचारधारा हो। यही शक्ति तपाईहरुको पनि हुनु पर्यो। उनीहरू आफ्नो अनुयायी अथवा समर्थकहरू लाई देशभक्त भनी सम्बोधन गर्छन। तर जो उनीहरूको समर्थक होइनन्, तिनीहरूलाई देश द्रोही, राज्यको दुश्मन, विश्वासघाती, दलाल, भ्रष्टाचारी, सत्ता हडप्न खोज्ने पुरानो विचारधाराका राजतन्त्र। उनीहरूका समर्थक मात्र "जनता", "स्वतन्त्र" जसले आफ्नो नेताको चयन गर्छन। तिनीहरूलाई तोड्ने अनि भाग भाग गर्ने मौका नदिनुहोस्।
याद राख्नुहोस् तपाईंहरू नै एक जन कोता, एक राष्ट्र अनि एक उद्देश्यको अंग हुनुहुन्छ। प्रत्येक बिक्री नभएका मिडिया को पक्षमा आवाज उठाउनुहोस्, ब्यान गरिएका, बोल्नमा प्रतिबंध लगाइएका, काम देखि बर्खास्त गरिएका, राष्ट्रको दुश्मन भनी घोषित गरिएका प्रत्येक पत्रकारको पक्षमा आवाज उठाउनु होस। जहाँ स्वतन्त्र पत्रकारिता पाईन्दैन त्यहाँ स्वतन्त्रता को आशा धुमिल बनेको हुन्छ।
3.
कमजोर कानून को प्रयोग अनि कहिले काही धम्क्याएर पनि मेन स्ट्रिम मिडिया लाई आफ्नो वश मा राख्छन अनि स्वतन्त्र प्रेस लाई कुजे बनाउँछन्। आलोचनात्मक मिडियालाई तिनीहरू दूर किनार गर्छन। यस्ता मिडियालाई तिनीहरू "झूटा" "फेक न्युज" जस्ता अलंकार ले नामाङ्कित गर्छन। यी मिडियालाई "राष्ट्रविरोधी" को उपमा दिइन्छ अनि जनताको विरुद्ध काम गर्ने मिडिया भनी अफवाह फैलाउँछन्।
प्रत्येक बिक्री नभएका मिडिया को पक्षमा आवाज उठाउनुहोस्, ब्यान गरिएका, बोल्नमा प्रतिबंध लगाइएका, काम देखि बर्खास्त गरिएका, राष्ट्रको दुश्मन भनी घोषित गरिएका प्रत्येक पत्रकारको पक्षमा आवाज उठाउनु होस। जहाँ स्वतन्त्र पत्रकारिता पाईन्दैन त्यहाँ स्वतन्त्रता को आशा धुमिल बनेको हुन्छ।
4. तिनीहरू अन्योलता सृजना गर्न माहिर हुन्छन्। सदैव तनाव अनि खतराको आभाष दिन्छन्। भन्छन देश खतरामा छ। यसै स्थितिको आधारमा नयाँ सत्तावादी कानुन स्थापना गर्न खोज्छन्। प्रत्येक नयाँ कानुनले तपाईं अनि मेरो नागरिक हक अनि स्वतन्त्रता पल पल खोसिएको हुन्छ। तिनीहरू भन्छन यो नयाँ कानुनले जनताको सुरक्षा गर्छ, कानुन जनताको हितको निम्ति हो।
तनावलाई होइन तर तनाव भित्र पसेर हेर्नुहोस। कृतिम खतरालाई नियाल्नु होस। फासिष्ट अनि सर्वसत्तावादी राष्ट्र भएछ भनेर झस्किनु अघि नै यस्ता कृतिम तनाव अनि खतरालाई उदाङ्गो पार्नुहोस्।
5. तिनीहरू सत्यको तोड मोड गर्छन। तथ्यको इन्कार गर्छन। मुख अघिनै ढाँट्नु निपुण हुन्छन्। सही तथ्यहरु तपाईं को मानसपटलबाट हटाउन तिनीहरू प्रयाशरत रहन्छन्। सत्य के हो जान्न खोज्ने तपाईंको चाहनालाई सुस्त पारिदिन्छन्। तपाईंको मस्तिष्कमा "पोस्ट ट्रूथ" अनि "विकल्प तथ्य" ले भर्छन। ज्ञान अनि तर्कलाई आख्यान अनि भावनाले प्रतिस्थापित गर्छन।
सदैव आलोचत्मक भएर सोच्नु होस (Critical thinking)। तथ्यहरूको जाँच गर्नुहोस। सत्य के हो देखाउनु होस। अनभिज्ञता सँग संघर्ष तथ्यले गर्नुहोस।
6. तिनीहरू उक्साउँछन त्यस पछि कृतिम स्क्यान्डल लिक गर्छन। तिनीहरू विपक्षी माथि तुच्छ आक्षेप लगाउँछन्। आक्षेप लाई बृहत आकार दिन्छन अनि आगोमा घिउ छर्कन्छन। यो केवल सत्तावादी अवधारणालाई कानुनी मुर्तता दिने छद्म योजनाको कडी हो।
मेन स्ट्रिम मिडियामा के प्रसारित भई रहेको छ, राम्ररी हेर्नुहोस अनि यथार्थ मा तिनीहरू के गर्दैछन विचार गर्नुहोस।
7. तपाईं को आक्रोस लाई हावा दिनु तिनीहरू मानिसलाई झटका दिने कानुन ल्याउने प्रस्ताव ल्याउछन। तपाईंको ध्यान अनि ऊर्जा यस्तो प्रस्ताव विरुद्ध संघर्ष मा लगाउनु हुन्छ। अब तिनीहरू तपाईंको संघर्षको फलस्वरूप पछि हट्छन्। तपाईं लाई लाग्छ तपाईं विजय बन्नु भयो। तिनीहरू अब कम ध्यान आकर्षण गर्ने कानुनलाई अगाडि ल्याउछन। यसरी बिस्तारै डेमोक्रेसीलाई भित्र भित्रै खोक्रो पार्छन्।
तपाईंको संघर्ष त्यहाँ होस जहाँ संघर्षको अत्यन्तै जरुरी छ।
8. तिनीहरूले तपाईंको उदारवादी सोच माथि गर्ने हमलाको शिलशिलामा, हमला नारी अनि अल्पसंख्यक माथि गर्नेछन। तिनीहरूको क्रियाकलापमा देखिन्छ कि लोकतन्त्र भनेको नै बहुसंख्यकको अल्प संख्यक माथि सत्ताशिन हुनु हो। विदेशी अनि देशमा पलायन भएर बसेकाहरु तिनीहरूको निम्ति खतरा हुन भनी देखाउँछन्। नारी को सामाजिक वैधानिकता अमान्य छ। लिंगिक समानता लाई कमजोर बनाउन चाहन्छन।
यसको अर्थ हो तिनीहरूको सत्ताको निम्ति नारी अनि अल्पसंख्यक खतरा हुन। त्यसैले यी शक्तिहरु नै तपाईंको शक्ति बनाउनुहोस।
9. तिनीहरूले न्यायपालिकालाई आफ्नो अधीनमा राख्न प्रयत्न गर्ने छन्। उच्च न्यायालय माथि आक्रमण गर्नेछन। अवैधानिक कानुन पारित गर्न अड्चन आउने सबै निकायहरु ध्वस्त पार्ने छन।
न्यायालयको स्वतन्त्रताको कुनै हालतमा पनि रक्षा गर्नुहोस।लोकतन्त्रको सुरक्षाको अन्तिम कबच नै न्यायपालिका हुन।
10. तिनीहरूले मानिसलाई एक जगहमा एकत्रित हुनु दिँदैनन्। भन्छन देश को सुरक्षाको निम्ति यसो गरिएको हो। तिनीहरू राष्ट्रमा कस्तो किसिमको रैली, कार्यक्रम गर्नु सकिन्छ, कस्तो विचारधारा राख्ने संघ संस्थाले सामुदायिक कार्यक्रम गर्न सक्छन्, त्यस माथि पनि कानुन बनाउने छन। कानुन अन्तर्गत पर्ने त्यस्ता कार्यक्रमहरू मात्र सडकमा देखिने छन्। अन्य कार्यक्रमका सहभागीहरूलाई जेल बन्दी बनाइने छन्।
एकत्रित पनि हुनु नपाइने कानुनको जमेर विरोध गर्नुहोस।
11. तिनीहरूले जनमानसको भाषा माथि पनि अतिक्रमण गर्नेछन। मानिसको भाषाको तोड मोड गर्नेछन। नयाँ शब्दावली को प्रयोग गर्नेछन। तब सम्म ती शब्दावलीको प्रयोग गर्नेछन जब सम्म ती जनमानसको जिब्रोमा साधारण शब्द अथवा दैनिक प्रयोगको शब्द बनिँदैन। जस्तै "चोर" "झूटा" "देशको दुष्मन" को अर्थ हुन्छ विपक्ष। "देश भक्त" को अर्थ बन्छ तिनीहरूको समर्थक अनि अनुयायी। तिनीहरूले लगाउने नारा दुई अर्थ लाग्ने नारा हुन्छ, एक अर्थले समर्थकको हौशला बढाउँछ भने अर्को अर्थले विपक्षमा आक्रोश जगाउँछ।
इतिहास साक्षी छ,प्रत्येक सत्ता बादी, अधिनायक बादी अनि फासिष्ट सत्ता अन्तत विफल नै भएको छ। जनतालाई धन्यवाद।
जनमानस अथवा जनजिब्रो को भाषाको सही अर्थमा यदि परिवर्तन देख्नु हुँदैछ भने, सही अर्थलाई यथास्थितिमा राख्न लड्नुहोस्। शब्दको अर्थ परिवर्तन गर्नु नदिनुहोस।
12. तिनीहरूले राष्ट्रलाई चिनिने विम्वहरु/ प्रतिक माथि कब्जा गर्छन। ती राष्ट्रिय प्रतिकहरुलाई तिनीहरूको सत्तालाई सुहाउँदो बनाएर आफ्नो शक्तिको प्रदर्शन गर्छन। तिनीहरू चाहान्छन कि तपाईं आफ्नो देशको झण्डा, राष्ट्रिय गान, राष्ट्रिय चिन्हहरू बिर्सनु होस, जुन तपाईंको हो। साधारण जनताको हो।
तिनीहरूलाई यी सब कब्जा गर्न नदिनुहोस। जति उनीहरू यी सबैलाई गलत ढंगमा देखाउँछन् त्यो भन्दा बेसी तपाईं आफ्नो विद्रोहमा यसको प्रयोग गरेर यिनीहरूको योजनालाई उदाङ्गो पार्नुहोस। राष्ट्रिय प्रतीकहरुलाई गर्व सँग प्रयोगमा ल्याउनुहोस्। यी प्रतीकहरु तपाइंको निम्ति प्रेरणाका श्रोत बनोस, साहस देओस् न कि देशमा भई रहेको निरंकुशता सितको सम्बन्ध।
13. तिनीहरू इतिहासलाई आफ्नो पक्षमा लेख्न चाहन्छन अनि आफ्नो एजेण्डालाई सहयोग पुर्याउने शिक्षा प्रणालीको प्रयोग गर्न चाहान्छन। जुन व्यक्तिले, ऐतिहासिक व्यक्ति होस या जीवित व्यक्ति, तिनीहरूको कार्यलाई सहमति दिँदैन, ती व्यक्तिहरूको छबिलाई विकृत पारी दिन्छन। मुखमा कालो मोशो पोत्नेछन। व्यक्तिको चरित्र हरण गर्छन, उसको जीवन गाथा नै अर्कै बनाई दिन्छन लाग्छ ती व्यक्ति साच्चै यस्तै थिए। तिनीहरू विद्यालयमा इतिहासको पठन लाई प्राथमिकता दिन चाहन्छन तर तिनीहरूले लेखेको इतिहास अनि दर्शन को पुस्तिका मार्फत। तिनीहरू विकार गरिएको इतिहास पढाएर, विश्व को वैकल्पिक चित्रण गरेर नयाँ पिडीको भोटरको जमात तयार गर्छन जसले तिनीहरूको विचारधारालाई समर्थन गर्छन।
आफ्नो नानीहरूको शिक्षाको सुरक्षा गर्नुहोस। नानीहरूलाई सोच्नु सिकाउनु होस। नानीहरूलाई उदार मस्तिष्कको बनाउनुहोस। आफ्नो इतिहास अनि सम्पदाको संरक्षण गर्नुहोस।
14. तिनीहरूले विदेशी सहयोगी अनि गठबंधनलाई टाढो राख्नेछन्। तपाईंलाई विश्वास दिलाउनेछन कि यिनीहरू तपाईंको निम्ति उपयोगी छैनन्। तिनीहरू भन्नेछन् कि तपाइंको देशलाई महान बनाउँदा विदेशी सहयोगीहरुलाई संसारको कुनै वास्तै छैन।
तिनीहरू आफ्नो पोपुलिस्त चुनावी प्रतिज्ञाहरु पूरा गर्ने क्रममा देशको अर्थव्यवस्थालाई नै ध्वस्त पार्छन्। तिनीहरू यो बिर्सन्छन् कि देशका जनता पनि विश्वकै एउटा अंग हो जसको विकास अनि उन्नति निर्भर गर्दछ सहयोगीतामा, साझामा अनि व्यापार वाणिज्यमा।
तिनीहरूलाई समृद्ध बनाउने सेतुको बद्ली सुरक्षाको नाममा पर्खाल बनाउनु नदिनुहोस्।
15. तिनीहरू अन्तत चुनावी प्रक्रियालाई नै म्यानुपुलेट गर्नेछन: खराब सिस्टम लाई सच्याउनुको नाममा, विश्वका अन्य बेहेतर चुनावी प्रक्रिया सरह बनाउनुको नाममा, चुनावलाई निष्पक्ष बनाउनुको नाममा। तिनीहरूको कुरामा विश्वास नगर्नुहोस। यदि तिनीहरूलाई परिवर्तित प्रक्रियाले फाइदा नदिने हो भने यो क्षेत्रमा काम नै गर्ने थिएनन्।
सत्तावादी शासनले चुनावी कानुनमा फेरबदल ल्याउन खोज्छ भने त्यसको विरोध गर्नुहोस्। याद राख्नुहोस यो परिवर्तन तिनीहरूलाई सत्तामा राख्ने परिवर्तन मात्र हुनेछ।
याद राख्नुहोस तपाईं इतिहासको उज्यालो पक्षमा उभिएको हुनुहुन्छ। त्यसैले निडर बन्नुहोस, मजबूत बन्नुहोस्।
इतिहास साक्षी छ,प्रत्येक सत्ता बादी, अधिनायक बादी अनि फासिष्ट सत्ता अन्तत विफल नै भएको छ। जनतालाई धन्यवाद।
No comments:
Post a Comment